उमेश बि.क / नवलपरासी ,१५ कार्तिक
प्रतापपुर गाउँपालिका पुर्व कार्यवाहक अध्यक्ष एवं जनता प्रगतिशील पार्टीकाे महिला नेत्री अन्जु चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।
कांग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल र लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार (सन्तु )ले बुधबार कण्डेल निवास पश्चिम नवलपरासीको महेशपुरमा उनलाई स्वागत गरेका हुन्।
महिला नेत्री अन्जु चौधरीसंगै पुर्व वडा अध्यक्ष मनोज पन्जियार तथा पुर्व कार्यवाहक वडा अध्यक्ष दुधनाथ चाैधरी जनता प्रगतिशिल पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन।

नेपाली कांग्रेसको बिचार र कांग्रेसको कामप्रति प्रभावित भएर पार्टि प्रवेश गरेको प्रवेशीहरुले बताएका छन ।
जनता प्रगतिशिल पार्टीका केन्द्रीय अध्यक्ष हृदयेश त्रिपाठी पश्चिम नवलपरासीबाट प्रतिनिधित्व गर्दै थुप्रैपटक मन्त्री बने तर केही परिवर्तन ल्याउन नसकेको र हाल उनको पार्टी कमजोर बनिरहेको र त्यस पार्टीमा बस्नलाएक वातावरण नभएकाेले साे पार्टि परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेको प्रवेशीहरुले बताएका छन ।
आज जनता प्रगतिशिल पार्टीका केन्द्रीय अध्यक्ष त्रिपाठीकाे जन्मदिन रहेको छ र उनको जन्मदिनकै दिन तिनका आशालाग्दा नेता पार्टी परित्याग गरेपछि ठुलो झटका लागेको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

