Rashtriya Dainik

त्रिवेणीको ग्रीनल्यान्ड होटेल एन्ड लजमा एक जनाको मृत्यु

आरपि उपाध्याय / नवलपरासी , १५ कार्तिक

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ को एक लजमा काम गर्ने कुकको मृत्यु भएको छ ।

विनयी त्रिवेणी ६ त्रिवेणी बजारमा रहेको ग्रीनल्यान्ड होटेल एन्ड लजमा राती खाना खाइ सुतेका सिन्धुली जिल्ला कमलामाइ नगरपालिका वाड न. १४ बस्ने ५२ बर्षका पुर्ण बहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डि.एस.पि बेद बहादुर पौडेलले जानकारी दिनुभएको छ ।


मङगलबार राती खाना खाइ होटेलको दोस्रो तल्लाको १०९ नम्बर कोठामा सुतेका भुजेल बिहान अबेर सम्म पनि नउठ्दा होटलका अन्य कर्मचारीले ढोका खोलि हेर्दा भुजेल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
बिगत केही वर्ष पुर्व देखि होटलमा काम गर्दै आएका भुजेल कामको सिलसिलामा त्रिवेणी आउने जाने गरे पनि गत असोज महिनादेखी नियमित रुपमा होटेल ग्रीनल्याण्डमा कुकको काम गर्दै आएको पनि प्रहरीले जनाएको छ।

मृत अवस्थामा फेला परेका भुजेलको कोठामा दमरोगको औषधी पनि फेला परेको थियो । मृतक भुजेलको आफन्त सिन्धुलीमा रहेकोले आफन्त न आइपुग्दा सम्म प्रहरीले होटलको कोठा सिल गरेको छ भने इलाका प्रहरी कार्यालय त्रिवेणीले भुजेलको मृत्युबारे सुक्ष्म ढङ्गको अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित