Rashtriya Dainik

रामग्राम फुटबल स्टेडियम शिलान्यास

सुरेश यादव /नवलपरासी,१५ कार्तिक

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं ४ स्थित जितपुरमा रामग्राम फुटबल स्टेडियमकाे आज शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ ।

रामग्राम वडा नं ४ का वडा अध्यक्ष मदन यादवकाे अध्यक्षता तथा नगर प्रमुख धनपत यादवकाे प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न भएकाे हाे ।

फुटबल स्टेडियमकाे कुल अनुमानित लागत ६ कराेड ९ लाख ७५ हजार ४ सय ८९ रुपैया रहेकाेमा ५ कराेड १० लाख २६ हजार २ सय १२ रुपैयामा ठेक्का सम्झौता भएकाे नगर प्रमुख यादवले बताउनुभयो ।

ब्रम्हायणी बिरुपाक्ष बिज्ञान जे भि झापाले २०८० असार ७ गते ठेक्का सम्झौता गरि आउदो वर्ष भदौ मसान्तसम्म सम्पन्न हुने गरि सम्झाैता भएकाे वडा नं ४ का अध्यक्ष मदन यादवले जानकारी दिनुभयाे ।

६०० फाईबर सिट क्षमता भएकाे स्टेडियममा व्यापारीक सटर , चेन्जिङ रुमकाे सुबिधा सहित अपांग मैत्री बन्ने जनाइएकाे छ । शिलान्यास कार्यक्रममा नगर उपप्रमुख सम्झना चाैधरी,प्रमुख प्रशासकीय अधिकृत माेहन अर्याल,वडा नं ७ का वडा अध्यक्ष रविन्द्र यादव,१० का वडा अध्यक्ष सुरेश यादव,११ का वडा अध्यक्ष धनिराम यादव,१४ का वडा अध्यक्ष ओमप्रकाश यादव, १५ का वडा अध्यक्ष धनपत यादव र ४ का वडा सदस्य प्रभुलाल माैर्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित