राजन कुमार बानिया / पर्सा ,१५ कार्तिक
पर्साको दुई वटा गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृत नभएको कारण गाउँपालिका बिहिन भनका छन।
जिल्लाको धोबिनी ,र पकाहामैनपुर गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृत हरुको सरुवा भएको पछी गाउँपालिकाको काम काज थप भएको पछि जनता हरुको काम काज र बिकास निर्माणको कामहरु रोकिएकोले समस्या देखिएको छ।
धोबिनी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नावाज हुसेनको सरुवा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र पकहामैनपुर गाउँपालिकामा कार्यरत राज कुशवाहाको सरुवा जिल्ला समन्वय समिति पर्सामा भएको छ।
नवाज हुसेन र कुशवाहाको सरुवा संगै गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत बिहिन बनेको छ । राजनितीक खिचातानी र जनप्रतिनिधिकोको भागभन्डा अापसी बिवादको कारण कुनै प्रमुख प्रसाकिय अधिकृत हरु गाउँपालिकामा बस्न समस्या देखिएको छ।
अहिले सम्म संघिय मामिला तथा समान्य प्रसाशन मान्त्रालय बाट न्या प्रमुख प्रसाशकिय अधिकृतहरु नअाएको कारण दुईटै गाउँपालिकाको जनता हरुको काम काज र बिकास निर्माणको काम थप भएकोले स्थानियहरुमा समस्या देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

