Rashtriya Dainik

साउदी अरबले २०३४ काे विश्वकप फुटबल आयोजना गर्ने

२०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरबले आयोजना गर्ने भएको छ । फिफाले यसअघि नै २०३४ को विश्वकप एसिया वा ओसियन मुलुकमा गर्ने बताएको थियो । जसअनुसार साउदी र अस्ट्रेलिया त्यसका दाबेदार थिए ।

तर, दाबी प्रस्तुत गर्ने अन्तिम दिन मंगलबार अस्ट्रेलियाले दाबी नगर्ने बताएसँगै अब साउदीले विश्वकप आयोजना गर्ने पक्का भएको हो ।

२०२६ को विश्वकप फुटबल क्यानडा र अमेरिकाले आयोजना गर्दै छन् भने २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले आयोजना गर्ने छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित