Rashtriya Dainik

जिल्ला ट्राफिक कार्यालयले सवारी साधनको नम्बर प्लेट सुधार कार्यक्रमलाई कडाइका साथ अगाडी बढ्दै

ट्राफिक कार्यालय पुर्वी नवलपरासीले सवारी साधनको नम्बर प्लेट सुधार कार्यक्रमलाई कडाइका साथ अगाडी बढाएको छ।
जिल्ला ट्राफिक कार्यालय नवलपुरले नम्बर प्लेट सुधार कार्यक्रम अन्तर्गत नम्बर प्लेट नभएका र मेटिएका सवारी साधनलाई तत्कालै नम्बर प्लेट लेखाइएको जिल्ला ट्राफिक कार्यालय प्रमुख ट्राफिक निरीक्षक अच्युत राज आचार्यले जानकारी दिनुभएको छ।
जिल्ला अन्तर्गत गैंडाकोट,कावासोती, अरुणखोला,दुम्किबास लगायत मातहतका पोस्टहरुमा नम्बर प्लेट लेखाइने कार्यलाई अगाडी बढाइएको बताइएको छ।
नम्बर प्लेट सुधार कार्यक्रम अन्तर्गत सोमबारका दिन विभिन्न मातहतका पोस्टहरुबाट नम्बर प्लेट मेटिएको र पुरानो देखिने ६९ ओटा सवारी साधनहरुलाई सडकमै पेन्टर बोलाइ नम्बर प्लेट लेखाइएको पनि ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयले नम्बर प्लेट सुधार कार्यक्रमबाट सवारी दुर्घटना कम गर्न र दुर्घटना गरि फरार सवारीसाधनलाई कानुनको दायरामा ल्याउन सहज हुने अपेक्षा गरेको छ।
जिल्ला ट्राफिक कार्यालय नवलपुरले राजमार्ग केन्द्रित अभियान चलाइरहदा जिल्ला अन्तर्गतकै सिमावर्ती त्रिवेणी क्षेत्रमा पनि यस्ता खाले अभियानको आवश्यकता महसुस गरिएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित