Rashtriya Dainik

सडकमा राखिएका सामाग्री हटाउन सरावल गाउँपालिकाकाे निर्देशन

उमेश बि.क / नवलपरासी , १३ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका भित्रका सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुने गरी राखिएका सामाग्री हटाउन निर्देशन दिएको छ ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुनेगरी निर्माण सामाग्री नराख्न र राखेको भए तत्काल हटाउन भनेको हो ।

गाउँपालिकाले त्यस्ता कार्यले सडक बिगार्ने वा क्षति पुर्याउने भएकाले गाउँ कार्यपालिकाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

आवत-जावतमा समस्या हुने तथा दुर्घटना समेत हुन सक्ने भएकोले सामाग्री हटाउन पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीद्वारा हस्ताक्षरित सुचना जारी गरिएको हाे।

गाउँपालिकाको क्षेत्रभित्र विभिन्न टोलमा निर्माण विभिन्न सामाग्रीहरु बाटोमा राखीएकोले आवत-जावतमा समस्या हुने तथा दुर्घटना समेत हुन सक्ने भएकोले सामाग्री हटाउन पालिका अध्यक्ष चाैधरीले सबैलाई आग्रह समेत गर्नुभएको छ।

बाटोमा राखीएको सामाग्रीले आवत-जावतमा समस्या हुने तथा दुर्घटना समेत हुन सक्ने भएकोले मिति २०८० असाेज १८ गतेको कार्यपालिकाको निर्णय अनुसार आजकाे मिति देखि ७ दिन भित्र सम्बन्धित सबै उक्त सामग्रीहरु उचित तरिकाले व्यवस्थापन गरी बाटोबाट हाटउनको लागि सुचना जारी गरिएकाे हाे।

पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीका अनुसार सूचना बमोजिम नगरेमा गाउँपालिका आफै सो को व्यवस्थापन गर्न बाध्य हुने बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित