Rashtriya Dainik

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा १० केजी गाजा सहित एक जना पक्राउ

राजन कुमार बानिया /पर्सा ,१२ कार्तिक

पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटा नौगछियाबाट प्रहरीले लागु ओैषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ सुहपुरका ४५ वर्षिय हिरामन यादव रहेका छन् ।यादवलाई १० केजी गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए ।

अस्थायी प्रहरी चाैकी सुपौलीबाट खटिएको प्रहरी गस्ती टोलीले निचुटाकाे नाैगछियास्थित सडकमा यादव सवार बीआर २२ए इ ६७४० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा रहेकाे बाेराबाट उक्त गाँजा बरनमद गरेकाे हाे ।

गाँजासहित पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित