वीरगंज, १३ कार्तिक
वीरगंजको ड्राईपोर्ट चौकबाट हातहतियार सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीले १थान कटुवा पेस्तोल सहित वीरगंजका दुई जनालाई युवकलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी सिर्सियाबाट ड्राईपोर्ट चौक स्थित सडकखण्डमा खटिएको चेकिङ् टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकललाई रोकी चेकजाँच गर्दा सवारी चालकले पिठमा बोकेको झोलाबाट १ थान कटुवा पेस्तोल पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताउनुभयो।
कटुवा पेस्तोल सहित पक्राउ पर्नेमा वीरगंज वडा नम्बर २६ का साहिल अंसारी र सोही वडाका सरफराज अंसारीलाई पक्राउ गरि हातहतियार सम्बन्धि कसुरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

