Rashtriya Dainik

सशस्त्र प्रहरी बल बरैनिया बिओपीद्वारा तस्करीमा कडाई गरि १२ लाखको अवैध सामानहरु बरामद

वीरगंज ,१३ कात्तिक

सशस्त्र प्रहरीले भन्सार छलि गरि ल्याएको अवैध सामानहरु ठुलो मात्रामा पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल बिओपी बरैनियाले अवैधरुपले भित्राएको लत्ताकपडा, हाडयेवर,बच्चाहरुको खेलाउना ,चिनि र किराना सामान लगाएतको सामानहरु नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल बिओपी बरैनियाको मातहत रहेको सिमानाका बाट हुने तस्करी नियन्त्रणको लागि सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न नाकाहरुबाट भित्राएको अवैध लत्ताकपडा,हाडयेवर, मिकि माउस खेलाउना,मोटरपार्टस, खसिबोका,सोफि रक्सी पक्राउ गरि वीरगंज भन्सारमा बुझाएका छन भन्ने बोयालर कुखुरा नष्ट गरेका छन।

सशस्त्र प्रहरी बल बिओपीले असोज महिनामा अवैधरुपले ल्याएको सामानहरु करिब ७ लाख २२ हजार३ सय ४० रुपैया बरारबरको पक्राउ गरेको हो भन्ने कार्तिक महिनामा ५ लाख रुपैयाँ बराबरको पक्राउ गरेको सशस्त्र प्रहरी बल बिओपीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले सिमानाकामा थप कडाई गरेको दाबी गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित