Rashtriya Dainik

अब नागरिक एपबाटै लाइसेन्स देखाउन सकिन्छ

काठमाडौं । तपाईंले सवारी चालक अनुमतिपत्र साथमा बोक्नु भएको छैन तर ट्राफिक प्रहरीको चेकजाँचमा पर्नुभयो भने पनि अब चिट काट्ने छैन । नागरिक एपमा तपाईंको लाइसेन्स विवरण राख्नुभएको छ भने अब त्यसले मान्यता पाउने भएको छ ।

नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता नदिएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो गर्न नपर्ने सरकारले जनाएको छ । नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको नागरिक एपको फेसबुक पेजमा उल्लेख छ ।

यो व्यवस्था आजैदेखि कार्यान्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्नसमेत आग्रह गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित