Rashtriya Dainik

वीरगंजमा लागूऔषध सहित केसी पक्राउ

वीरगंज, ११ कात्तिक

पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई पक्राउ हो।
प्रहरीले ठुलो मात्रामा अवैध लागूऔषध सहित पोखराको रबिन्द्र केसीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहात रहेको परवानीपुर चौकीबाट उक्त चौकमा खटिएको चेकिङ्ग टोलीले वीरगंजबाट हटौडातर्फ जाँदै गरेको ग१ख९६२६ नम्बरको सार्वजनिक बसलाई रोकी चेकजाँच गर्द बसको चालक बस्ने सिटमुनी लुकाई छिपाई राखिएको प्रतिबन्धित लागूऔषध फेनारगन३००एम्पुल, डाईजेपाम३०० एम्पुल र IPPL नुरफिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल सहित केसीलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए।

पक्राउ परेको केसीलाई लागूऔषध सम्बन्धि कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको एसपी शाहले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित