Rashtriya Dainik

आजदेखि सरकारी कार्यालय खुल्दै

राष्ट्रिय दैनिक / १० कार्तिक

सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्।

सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। तर भोली शनिबार भएकाले धेरै भने आईतबार मात्रै कार्यथलोमा पुग्ने सोचमा छन् ।

बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ। आज र भोली दशैको टिका मान्यजनबाट थाप्ने प्रचलन रहेको छ ।

पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित