Rashtriya Dainik

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला : फाइनलमा आज नेपाल र यूएई भिड्दै

काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपाल र यूएई भिड्दै छन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक(एक खेल जित हात पारे पनि नेट रनरेटमा यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो ।

सिरिजका चारै खेलमा शानदार जितसहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ।

आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघले त्रिदेशीय टी(२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित