राष्ट्रिय दैनिक , २७
एकदिवसीय विश्वकप क्रिकेटको तेस्रो खेलमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान शनिबार प्रतिस्पर्धा गर्दैछन्। आज दिउँसो २:१५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने खेलमा दुबै टिम आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेका छन्।
विश्वकपमा दुबै टिमले यसअघि आफ्ना समान २ खेलमा जित निकालेका छन्। पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दा दोस्रो खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै, भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दा दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले हराएको थियो।
पाकिस्तानविरुद्ध भारतका ओपनर शुभमन गिलको टिममा फर्किने सम्भावना बलियो रहेको छ। डेंगीका कारण अघिल्ला दुई खेल गुमाएका गिल शनिबार पाकिस्तान विरुद्धको खेलमा फर्किने सम्भावना रहेको छ। उनी अहमदाबाद पुगिसकेका छन्।
विश्वकपमा भारत र पाकिस्तानबीच भएका ७ खेलमा पाकिस्तान अहिलेसम्म विजयी हुन सकेको छैन। त्यसैले यो पटक पाकिस्तान भारतविरुद्ध विश्वकपमा लगातार गुमाउँदै आएको विरासत फर्काउने लक्ष्यमा मैदानमा रहेको छ।
भारत र पाकिस्तानबीचको खेल सधैं बहुप्रतीक्षित रहने गरेको छ। दुबै टिमले पछिल्ला पाँचमध्ये समान ४ खेलमा जित निकालेकाले यो खेल प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

