जितेन्द्र गुप्ता/नवलपरासी , २३ पुस । पुर्ब गृहराज्य मन्त्री प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कंडेलले एक पुलको सिलान्यास गरेका छन। नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता कंडेलले नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वार्ड नं २ अमानिगंज गाउँ र पृथ्वी आदर्स बस्ति जोड्ने पुल सिलन्यास गरेका हुन। महेशपुर-परासी कालो पत्रे जोड्ने झरही खोला छेउ दसगजा सम्म तथा निर्माणाधीन सशस्त्र प्रहरी बि.ओ.पी कार्यालय,पृथ्वी आदर्श बस्ती हुँदै अमानिगन्ज गाउँ जोड्ने बाटोमा पक्की पुलको आज एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका हुन। उक्त बाटो र पुलको लागि नेता कंडेलले निर्वाचन पुर्वाधार क्षेत्र बिकास बिशेष कार्यक्रम अन्तर्गत रु.४ करोड रुपैयको बजेट बिनियोजन गरेका छन जुन बजेटबाट उक्त निर्माण कार्य शुरु भएको हो। पाल्हिनन्दन गाउँपालिका वार्ड नं २ काे अध्यक्ष रामनगिना सिहं काे अध्यक्ष्ता तथा प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेल काे प्रमुख अतिथ्यता र प्रदेश सभा सदस्य वैजनाथ जैसवालको विशिष्ट अतिथ्यतामा उक्त पूलको शिलान्यास गरिकाे हो। उक्त बाटो १० मिटर चौडा र १९०० मिटर लम्बाई रहेको छ। कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचिव- गजान्नद पटेल , सह-सचिव- हरि यादव, काङ्ग्रेस संगठन प्रमुख – राजेन्द्र सहानी , रामग्राम नगरपालिका उप-प्रमुख रम्भा कुवर , पाल्हिनंदन गाउँपालिका उप-प्रमुख पवित्रा कोहार , नेपाली काङ्ग्रेस पाल्हिनंदन संयोजक हरिहर चोैहान, मुस्लिम विभाग केन्द्रीय सदस्य- तोैफिक अंसारी , रामग्राम नगरपालिका कार्यपालिका सदस्य सुनिता श्रेष्ठ, समाजसेबी जयदेब पाठक,युवा नेता तबरेज आलम खान लगाएतले मन्तव्य राखेका थिए। कार्यक्रम स्थानीय युवा बिशम्भर गुप्ताले संचालन गरेका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।