
फर्साटिकर, पौष २२
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष १० गतेदेखि संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तरगत बुधबार फुलबारी गायज बुटवल भर्सेस सुनौलो संगम देविनगर बीच खेल प्रतियोगिता सम्पन्न भयो ।सम्पन्न खेल प्रतियोगितामा फुलबारी गायज बुटवल एकका विरुद्ध ५ गोलको अन्तरले फुलबारी गायज बुटवल बिजयी भएको छ।बुधबारको खेलमा म्यान अफ घोषित हुनुभएका फुलबारी गायज बुटवलका जर्सी नम्बर ८ का सबि गुरुङलाई फर्साटिकर युवा क्लबका सस्थापक अध्यक्ष दामोदर पङ्गेनिले पुरस्कार प्रदान गर्नुभयो।
बिहिवारको दोस्रो सेमिफाइनल खेल सेन्ट्रलफ कलेज बिएफसी चितवन भर्सेस चादनी युवा क्लब दानापुर बीच हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

