तुलसी राम पौडेल / फर्साटिकर २१ पुुस रुपन्देहीको शुद्दोधन गाउपालिला -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा शुद्दोधन गाउपालिला आठौ फर्साटिकर कप फुटबल प्रतियोगितामा मंगलवार वाण गङ्गा वेलफेयर सोसाइटी ४ नम्बर जितपुर भर्सेस चादनी युवा क्लब दानापुर बीच अन्तिम क्वाटर फाइनल खेल प्रतियोगिता भएको थियोे ।सम्पन्न प्रतियोगितामा चादनी युवा क्लब दानापुरले ट्राइब्रेकरमा शुन्यका विरुद्ध ३ गोलको अन्तरले वाण गङ्गा वेलफेयर ४ नम्बर जितपुरलाइ पराजित गरि चादनी युवा क्लब दानापुर सेमिफाइनलमा प्रवेश गरेको छ।निर्धारित समयमा दुवै पक्षबाट १-१ गोल मात्र भएकोले खेल ट्राइब्रेकरमा गएको हो । मंगलवारको खेलको म्यान अफ द म्याच घोषित चादनी युवा क्लबका गोलकिपर दिपक परियारलाइ फर्साटिकर युवा क्लबका लेखा संयोजक भेषराज पौडेलले प्रदान गर्नु भयो । बुधबारको प्रहिलो सेमिफाइनल खेल फुलबारी गायज बुटवल भर्सेस सुनौलो सङ्गम देविनगर बिच प्रतियोगिता हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।