कपिलवस्तु / २० पुस कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सोमवार एक मस्जिदको शिलन्यास गर्नु भएको छ । उहाँले गाउँपालिकाको वडा नं.३ कडिहारमा मस्जिदको शिलन्यास गर्नुभएको हो । गाउँपालिकाको १० लाखको लागतमा मस्जिद निमार्ण हुन लागेको मस्जिद उपभोक्ता समितिका अध्यक्ष नूर मोहम्मद (कल्लु) मनिहारले जानकारी दिनुभएको छ । मस्जिद निर्माणका लागि लाग्ने अपुग रकम उपभोक्ता समितिले व्यवस्थापन गरी मस्जिद निर्माणको कार्य सम्पन्न गर्ने मनिहारले बताउनुभयो । मस्जिद निर्माण लागि गाउँपालिकाले सराहनीय सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष थापालाई धन्यवादसमेत दिनुभयो । यसले धार्मिक सहिष्णुता कायम गर्नुको साथै एक आपसमा सामाजिक सद्भावको सम्बन्ध प्रगाढ हुने भन्दै मनिहारले खुसी व्यक्त गर्नुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।