२० पुस, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान पेस्तोलको गोली सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गोली सहित झापाका मेचीनगर-२ का बद्रीहाङ राईलाई प्रहरीले पक्राउ गरेको हो । श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विमानस्थलमा रहेको सुरक्षा जाँचको क्रममा उनको साथबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको श्रोतले जनाएको हो । राई माथी थप अनुसन्धान भइरहेको प्रहरीको श्रोतले जनाएको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।