नेपाल-भारत सिमा खोल्न माग गर्दै पश्चिम् नवलपरासीमा बिरोध प्रदर्शन

रन्जीत शर्मा , बिनोद निगम / नवलपरासी / २० पुष ।

नेपाल-भारत सिमाबन्दीको विरुद्धमा पश्चिम् नवलपरासीमा बिरोध प्रदर्शन सुरु भएको छ। कोभिड-१९ को नाममा सरकारले लम्ब्याउदै गएको सिमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले बिरोध प्रदर्शन गरेको हो।

सिमा खुलाउन सरकारलाई दबाब दिन पार्टीले पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न:०१ महेसपुर चोकबाट बिरोध र्याली निकाली महेसपुर कै मुल नाक स्थित कोण सभामा परिणत भएको थियो।

जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादब, मुकुरजी गिरिको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा १ महेसपुर चोकबाट निकालीएको बिरोध र्यालीमा नाका खोल्न, कोरोनाको भ्याक्सिन (खोप) उपलब्ध गराउन लगायतका विभिन्न नाराबाजी गरिएको थियो।

कोणसभामा जसपाका केन्द्रिय सदस्य सतरजीत यादब, उर्मिलादेबि पाण्डे, लक्ष्मी गुप्ता, मुन्नालाल गुप्ता, जिल्ला अध्यक्ष धरेन्द्र यादब, मुकुरजी गिरि, पार्टी सचीव एव प्रबक्ता रामज्ञा पाण्डे लगायतए कोभिड-१९ को बहानामा सिमाबन्दीलाइ न लम्ब्याइ तत्काल खोल्न माग गरेका थिए ।

कोभीड-१९ को संक्रमण रोकथामका लागि बिगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सिमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको हो।

वक्ताहरुले, सिमा बन्दले सिमावर्ती उपभोक्ता भारतीय बजार गइ किनमेल गर्न नपाउने र आआफ्नो आफन्तलाइ भेट्न बाट पनि बन्चित भैरहेकोले जिल्लाका सिमा खोल्न माग गरेका हुन। केही स्थानीय जनताहरु आआफ्नो आवस्यकता पूरा गर्न लुकिछिपी भारत प्रवेश गरि आवश्यक सरसमान किनमेल गरि फर्किदा सुरक्षाकर्मीहरुबाट दुव्र्यवहार हुने र कठिनाइ हुने गरेको स्थानीय जनताले जनगुनासो गरेपछि जसपाले जिल्लाका नाकाहरु खुलाउन दबाबका लागि बिरोध प्रदर्शन गरेको पार्टी प्रवक्ता रामज्ञा पाण्डेले जानकारी दिए।

नेपालमा सहजै नपाउने औषधि उपचार, बिउबिजन मलखाद, खाद्यान्न र घरायसी सरसामानहरु भारतबाट ल्याउन कठिनाइ भैरहेकोले तत्काल सिमा खोल्न स्थानीय स्तरबाट माग पनि उठिरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot