तुलसी राम पौडेल /फर्साटिकर, पौष १९ रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौ फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न सेन्ट्रल कलेज बिएफसी चितवन भर्सेस पाल्पा -११ पाल्पा बीच भएको खेल प्रतिस्पर्धामा सेन्ट्रल कलेज बिएफसी चितवनले शुन्यका विरुद्ध सात गोलको अन्तरले पाल्पा -११ पाल्पालाइ पराजित गरि बिजय भैइ सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबारको खेलको म्यान अफ द म्याच घोषित सेन्ट्रल क्लेज बिएफसी चितवनका जोन ग्लोरिलाइ क्लबका आजिवन सदस्य सिद्धान्त खनालले पुरस्कार प्रदान गर्नु भयो । सोमबार फुलबारी गायज बुटवल भर्सेस बिश्वशान्ती युवा क्लब सालझण्डी बीच खेल प्रतिस्पर्धा हुने फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।