सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रन्जीत शर्मा / नवलपरासी / १९ पुष ।

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी स्थानयि तहका पदाधिकारीहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम आज आइतबार सम्पन्न भएको छ ।

स्थानिय तहको नेतृत्वमा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगर द्धारा सञ्चालित सामी परियोजनाको आयोजनामा प्रतापपुर गाउपालिकाको शिक्षा शाखा सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतापपुर गाउपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जु कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले बैदेशिक रोजगारबाट राम्रा काम भएपनि सुचना तथा सिपका कारण कामदारहरु समस्यामा पर्ने गरेको बताउदै गाउपालिकाले आगामी योजनामा सिप तालिम र समस्या पहिचान गरि समाधान तर्फ लाग्ने बताउनुभयो ।

उहाँले पालिकामा तयार हुन लागेको भिलेज प्रोफाइल मै बैदेशिक रोजगारीको विषयलाई समेटी तथ्यांक संकलन गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा न्म्बर ६ का वडाध्यक्ष राम हरी उपाध्यायले समाजमा अहिले पनि टाठा बाठा र नेताका नजिक मान्छेले सबै सेवा सुविधा लिने गरेको र गाउ बस्तीका कुना काप्चामा रहेका ब्यक्तिहरुलाई सुचना र सेवा पुग्न नसकेको हुदा सो स्थान सम्म पुर्याउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा ईन्द्रेणी समाजिक विकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदीले जिल्लामा परियोजनाले गर्ने क्रियाकलापका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रतापपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज खनालले कार्यक्रमको सहजिकरण गर्दै परियोजना नेपाल सरकारकै रहेको हुदा सबै जनप्रतिनिधिहरुले कार्यक्रमलाई अपनत्व लिनुपर्ने र आगामी बर्ष देखी जिल्लाका सरोकारवालाहरुको सहकार्यमा पाठ्यपुस्तक मै बैदेशिक रोजगार सम्बन्धी विषय बस्तु समेटी पाठ्यक्रम तयार गर्न आफु लागी परेको बताउनुभयो ।

परियोजना समयोजक ज्ञानेश्वर भण्डारीको सहजिकरण रहेको कार्यक्रमको सञ्चालन ईलाका प्रशासन कार्यालय सेमरीकी परामर्शकर्ता एकता न्यौपानेले गर्नुभएको थियो । सम्पन्न कार्यक्रममा गाउपालिका कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, पालिकाका शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot