पाैष १८ / प्युठान जिल्लाकाे झिमरुक गाउँपालिका वडा नं ६ चिसाबाङ्गका ईश्वरीप्रसाद पोख्रेलले जिल्लामै ठूलो लगानीमा व्यवसायिक रुपमा लेयर्स जातको कुखुरा पालन गर्दै आउनुभएको छ । भारतीय आर्मीको जागिरका क्रममा खुट्टामा गोली लागेपछि ७ वर्षकै अवधिमा ०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अवकाश लिई नेपाल फर्र्किएको बताउनुभयो । नेपालमा फर्किएपछि यही भूमिमा केही गर्नुका साथै बेरोजगारीलाई रोजगारी दिन सकिन्छ भन्ने उदेश्यले व्यवसायमा जोडिएको पोख्रेलले बताउनुभयो । पोख्रेलले प्रिसा पशुपक्षीं तथा कृषि फर्म मार्फत ०७५ मंसीर २४ गतेबाट लेयर्स कुखुरा पालन सुरु गरेको बताउनुभयो । हाल फर्ममा ७ हजार लेयर्स जातका कुखुरा रहेका छन् । पालेको साढे ५ महिनामा लेयर्स जातको कुखुराले अण्डा दिन सुरु गर्दछ । सोही अनुसार यस फर्ममा दैनिक २८ पेटी (५ हजर ८ सय ८० गोटा) अण्डा उत्पादन हुने गरेको फर्मका व्यवस्थापक वियजकुमार गुप्ताले बताउनुभयो । यहाँ उत्पादन भएको अण्डा जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मीसंगै भैरहवा, नेपालगंज र काठमाडौंमा पनि खपत हुने गरेको उहाँले बताउनुभयो । बन्दाबन्दीको समयमा बजारका लागि केही समस्या भएपनि हाल धेरै ठाउँबाट माग हुने हुँदा अण्डा पु¥याउन धौ–धौ भएको उहाँको भनाई छ । साढे चार करोड लगानीमा लेयर्स कुखुरा फर्मसंगै तरकारी खेती समेत गरेको व्यवस्थापक गुप्ताले बताउनुभयो । सुरुमा १० हजार कुखुरा फर्ममा हालेका थियौ, गुप्ताले भन्नुभयो, –‘हाल ७ हजार छन् ।’ अबको केही समयमा कुखुरा थप्ने योजनामा रहेको उहाँले बताउनुभयो । कुखुरा थप्नका लागि ६ करोड लगानीमा संरचना निर्माण हुदैँ गरेको उहाँले बताउनुभयो । जुन संरचना निर्माण पश्चात २ लाख कुखुरा अट्नेछन् । २२ रोपनी क्षेत्रफल जग्गामा फर्म सञ्चालन गरिएको छ जसमा ७ रोपनी जग्गा वार्षिक ६० हजार तिर्ने गरी लिजमा लिएको समेत व्यवस्थापक गुप्ताले बताउनुभयो । फर्म सञ्चालनका लागि आफ्नै लगानीमा लिफ्ट मार्फत खानेपानी, बिजुलीको टान्र्समिटर, ७ सय मिटर सड्क निर्माण समेत गरिएको छ । त्यस्तै ढुवानीका लागि १ पिकअप, १ कार र १ टेक्टर समेत रहेको उहाँले बताउनुभयो । कुखुरालाई दाना भैरहवाबाट खरिद गर्ने गरिएको व्यवस्थापक गुप्ताले बताउनुभयो । फर्म सञ्चालनका लागि १८ जना कर्मचारी समेत राखेको उहाँको भनाई छ । फर्मबाटै विभिन्न क्षेत्रको खर्च कटाएर बार्षिक ५० लाख रुपियाँ आम्दानी समेत हुदैँ आएको व्यवस्थापक गुप्ताले बताउनुभयो । ०७६ साल साउन २ गते आएको अविरल वर्षातले पहिरोले कुखुरा राखेको टहरा पुर्दा फर्ममा रहेका १२ सय कुखुरा नष्ट हुनुका साथै टहरा भताभुङ्ग हुदाँ करिब ५० लाख बराबरको क्षती भएको फर्म सञ्चालक पोख्रेलले बताउनुभयो । हालसम्म पोख्रेलले कुनै पनि निकायबाट फर्म सञ्चालनका लागि सहयोग नपाएको र जिल्ला स्थित स्थानीय निकाय, सरकारी तथा गैर सरकारी संस्थाबाट सेवा सुविधा नपाएको दुखेसो पोख्नुभयो । उहाले लेयर्ससंगै तरकारी खेती पनि गर्दै आउनुभएको छ । गत वर्षको मंसीरदेखी ९ वटा टनेलमा टमाटर, भाण्टा, करेला, गोपी संगै मौषमी बेमौषमी तरकारी उत्पादन हुदैँ आएको छ । यहाँ उत्पादित तरकारी जिल्लामै बिक्रि हुदैं आएको छ । हालसम्म १० लाख रुपियाँ बराबरको तरकारी विक्रि समेत गरेको व्यवस्थापक गुप्ताले बताउनुभयो । त्यस्तै नर्सरीका लागि ग्रिन हाउस समेत निर्माण हुदैं गरेको गुप्ताले बताउनुभयो । जिल्लासंगै अन्य जिल्लामा पनि व्यवसाय ४० वर्षिय पोख्रेलले ०६३ सालदेखी विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आउनुभएको छ । मकवानपुरको सित्लाङ्गमा बाख्रापालन, चितवनमा गाईफर्म र कपिलबस्तुमा ४० हजार लेयर्स कुखुरापालन गर्दै आएको पोख्रेलले बताउनुभयो । विभिन्न क्षेत्रमा गरेर तीन सय ५० जना व्यक्तिलाई रोजगारी समेत दिएको पोख्रेलले बताउनुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।