नेपाल घरेलु तथा साना उद्योग महासंघकाे १६ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशन

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ पुस

नेपाल घरेलु तथा साना उद्योग महासंघ पश्चिम नवलपरासीको १६ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।

महासंघको शनिबार भूमहीमा सम्पन्न १६ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट मेघराज गौतमको नेतृत्वमा नयाँ कार्य समिति र्निविरोध चयन भएको हो । 

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार रेश्मी, उपाध्यक्षमा कृष्णप्रसाद उपाध्याय, सचिवमा राजनकुमार आचार्य, कोषाध्यक्षमा तेजप्रसाद भण्डारी रहनुभएको छ भने जिल्ला सदस्यहरुमा धनप्रसाद तिवारी, हिमलाल चापागाई, मुरली गौतम, रामदयाल तेली ,खगेश्वर भुसाल, मन्जु खत्री, देवेन्द्र चौधरी, किशुन चौधरी, राधिका पराजुली, अमेरिका थरुनी, प्रविन अमात्य लगायत २५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो ।
 
यस्तै महिला उद्यमी समितिको जिल्ला अध्यक्षमा निशा पराजुली, उपाध्यक्षमा सीता तिमिल्सिना, सदस्यमा राधा भुसाल, गितादेवी चौधरी, विष्णुमाया राना, सृजना कर्माचार्य लगायत १७ सदस्यीय जिल्ला समिति चयन भएको छ । यसैगरी महासंघको केन्द्रिय प्रतिनिधिमा लक्ष्मी क्षेत्री, तारा आचार्य, बुद्धिमाया सुनार, प्रदेश प्रतिनिधिमा उमानाथ पोखरेल, महिला उद्यमी समितिको प्रदेश प्रतिनिधिमा विनिता पोखरेल चयन हुनुभएको छ ।
 
साधारणसभा तथा अधिवेशनको महासंघका कार्यबाहक राष्ट्रिय अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गर्नुभएको थियो ।

महांघका जिल्ला अध्यक्ष गौतम र महिला उद्यमी समितिकी जिल्ला अध्यक्ष तारा आचार्यको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्र पाठक, प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल, केन्द्रिय सदस्य प्रदीप उदय, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसाल, महिला उद्यमी समिति लुम्बिनी प्रदेश अध्यक्ष शान्ति शर्मा, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा,महासंघ रामग्राम नगर अध्यक्ष मुक्ति पौडेल, सुनवल नगर अध्यक्ष प्रेम भुसाल, बर्दघाट नगर अध्यक्ष राजु दिस्वा, सुस्ता अध्यक्ष चिरञ्जिवी न्यौपाने, उद्यमी देवेन्द्र चौधरी लगायतले शुभकामना गरेका थिए । 

उक्त अवसरमा उद्यमीहरु सुस्ताका यामसुन्दर भट्टराई, सुनवलकी चन्दा गुरुङ्, रामग्रामका देवेन्द्र चौधरी, सरावलका नरबहादुर विक, पाल्हीनन्दनका जगई बढइ र बर्दघाटका राजु दिस्वालाई सम्मान गरिएको थियो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot