तुलसी राम पौडेल /फर्साटिकर, पौष १८ रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबार सुनौलो सङ्गम देविनगर भर्सेस भैरब स्पोर्ट्स नवलपरासी बिच प्रतिस्पर्धा भएको थियो । खेल प्रतिस्पर्धामा सडेन डेथमा सुनौलो सङ्गम विजयी भएको छ।निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकर हुँदै सडेन डेथमा सुनौलो सङ्गम विजयी भएको हो ।शनिबारको खेलमा घोषित म्यान अफ द म्याच सुनौलो सङ्गमका कान्छा गुरुङलाई क्लबका सल्लाहकार मित्र बन्धु गौडेलले पुरस्कार प्रदान गर्नु भयो । आइतबारको खेल सेन्ट्रल कलेज बिएफसी चितवन भर्सेस पाल्पा -११ पाल्पा बिच प्रतिस्पर्धा हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।