प्रदेश २ भ्रष्टाचारमा लिपत

लेखक: शनि कुमार गुप्ता
मेरो बुझाइमा नेपालको सबै भन्दा भ्रष्टाचार बढी भएको प्रदेश २ र प्रदेश २ कै अस्थानिय तहहरु नै छ । यस्ता कुनै सन्देश छैन जस्तो म लाई लाग्छ र यो आम जन्ताको भनाइ पनि छ ।
प्रदेश नं.२ ले अहिले सम्म ठोसमा नल्ला र सडक बनाउन बाहेक आरु केहि गर्न सकेको छैन । प्रदेश न.२ कृषि प्रधान प्रदेश भएता पनि अहिले सम्म किसान लाई सहयोग गर्न सकेको छैन र अहिले सम्म कृषि क्षेत्रमा पनि नयाँ बिकाशमा टेवा पुर्याउन सकेको छैन तर प्रदेश नं.२ मा भने भ्रष्टाचारको आतंक बढेको छ । प्रदेशमा नाता वाद ,जाती वाद ,किर्पावाद र पहुचवादमा अहिले सिमित छ ।

भुमी बेवास्ता ,कृषि तथा सहकारी मन्त्रालय प्रदेशको जन्ता लाई अहिले सम्म कुनै पनि किसिम को सेवा दिन सकेको छैन । कुरा यदि भुमि कार्यालय कै गर्दैछौं भने अहिले सम्म सिम्रौनगढ नगरपालिकामा भुमी सुधार तथा मालपोत कर्यालय प्रदेश सरकारले संचालनमा आउन सकेको छैन ।
दिनको ५ केजि ज्याला गर्ने किसान को यदि आफ्नै खेतको काम परेको बेला कलैया पुग्दा दिन को १००० सम्म खर्च हुन्छ त्यो कस्ले दिने ?
जन्ता को दु:ख र समयस्या को बेला प्रदेश सरकार तथा अस्थानिय सरकारले सहयोग तथा परेको बेला संगै खडा हुन सकेन भने के का लागि प्रदेश र अस्थानिय सरकार ?

उखु किसानले प्रदेश मै संघर्ष गर्दा प्रदेशले सहयोग र चिनी उधोग बाट पैसा दिलाउन सकेन भने के का लागि प्रदेश सरकार ?
उखु किसानको ज्यान प्रदेश सरकारले लिएको अरु कोइ पनि जिम्मेवार छैन । प्रदेश सरकार यदि राम्रो भएको भए किसान संघ आन्दोलनमा हुन्थ्यो तर त्यस्तो कुनै पनि किसिमको कदम न चाल्नुको कारण के हो ?

प्रदेश सरकारले किसानको लागि ८ जिल्ला मै शीत भण्डार ५ हजार टन बराबर क्षमताको खोल्दै छ । पर्सामा २ वटा र अन्या जिल्लामा १,१ वटा खुल्ने निर्णय भएको छ ।

जस मध्ये प्रदेशको प्रदेश सभाका सभामुख सरोजकुमार यादवको निजी जग्गामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण गर्नका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ अनुदान दिएको छ
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाराको सिमरौनगढमा सभामुख यादवको निजी जग्गामा ३ हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गर्नका लागि उक्त अनुदान दिने भनेर सम्झौता गरिसकेको छ ।
पत्नी सकुन्तलाकुमारी यादवको नाममा रहेको अमन फार्मको प्रतिनिधि बनेर सभामुख यादवले सिम्रौनगढ, बाराको नाममा कोल्ड स्टोर निर्माण गर्ने भनेर २०७६ असार ३१ गते कृषि मन्त्रालयसँग सम्झौता गरेका थिए ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ स्थित आफ्नो निजी १ बिघा जग्गामा कोल्ड स्टोर बनाउने भन्दै उनले सम्झौता गरेका छन् ।

सभामुख यादव मात्र होइन, जसपाका अन्य नेता तथा कार्यकर्ताहरूलाई समेत उक्त मन्त्रालयले अनुदान दिएको छ । साविकमा समाजवादी पार्टीका २ नम्बर प्रदेश सचिव रहेका तथा हाल जसपाका प्रदेश कमिटी सदस्य रहेका धनुषाका शेषनारायण यादवलाई समेत १५ करोड रुपैयाँ शीत भण्डार निर्माणका लागि अनुदान दिइएको छ ।

सिरहाका जसपा नेता सुरेन्द्रप्रसाद यादवलाई पनि प्रदेश सरकारले अनुदान दिएको छ । सिरहाको बिसनपुर गाउँपालिका वडा नम्बर १ का यादव साविकमा राजपाका केन्द्रीय सदस्य थिए ।

कसैको निजि समपती मा प्रदेश सरकार किन लगानी गर्दै छ ? भने कुरा प्रस्त छ । यो योजना किसान को लागि लेयाएको छैन यो अफनो पार्टी को लागि लेयएको छ । के प्रदेश सरकार को घरको पैसा छ ? जाहा मन लाग्यो त्यही खर्च गर्ने ।

किसान लाई सहयोग नै गर्नु थियो भने प्रदेश सरकारले जग्गा किनेर अथवा सरकारि जग्गामा किन बनाइ रहेको छैन ? यो सबैले बुझनु पर्ने कुरा हो ।

यदि सूचना प्रकाशन २ करोड को थियो भने सह्मती १५ करोड सम्मको किन ?

यदि किसान लाई नै सहयोग र सेवा दिनु थियो भने आफ्नै सवमिक्त्वामा किन न राखी आर्को संघ संस्था लाई अनुदान दिनु पर्यो ?
शनि कुमार गुप्ता
उपाध्यक्ष
युवा बिद्यार्थी संघर्ष समिती प्रदेश नं.२

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot