पर्सा , १४ साउन पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कौवाबन गाउँको मुसहर बस्तीमा दलित अभिभावक संघ गठन गरिएको छ। दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , विद्यालय निरन्तरता , बालबालिकाको संरक्षण , शिक्षामा अभिभावकको भुमिका तथा शिक्षामा लगानी गराउने उदेश्य लिएको छ। दलित समुदाय गरिबी, चेतनाको कमीजस्ता कारणले दलित समुदायका बालबालिकाको पढाइस्तर मात्र कमजोर छैन, थुपै्र बालबालिका विद्यालयको पहुँचबाहिर समेत रहेका छन्। कापी–कलम बोकेर विद्यालय जाने उमेरका दलित समुदायका बालबालिका मजदुरी गर्न बाध्य छन्। शिक्षाबाट वञ्चित हुँदै गर्दा दलित बालबालिका बालविवाहको चपेटामा पनि पर्ने गरेका छन्। बालविवाहको कारण विभिन्न स्वास्थ्य समस्या झेल्नुका साथै आर्थिक विपन्नता पनि थपिन्छ। ‘सानैमा विवाह हुन्छ, त्यसपछि बच्चाबच्ची जन्मिन्छन्, अनि उनीहरूको लालनपालनमा थप आर्थिक भार पर्छ,’ मुसहर समुदायको अगुवा उर्मिला देवी मुसहरले भनिन्, ‘शिक्षामा कमजोरी हुँदा सँगसँगै अन्य समस्या पनि थपिँदै जान्छन्। दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन र सिकाइ उपलब्धि बढाउन सरकारले छात्रवृत्ति योजना लागू गरेको छ। तर यो छात्रवृत्तिको प्रभाव मुसहर समुदायमा परेको छैन । यस कौवाबनको मुसहर समुदायको ५० वटा घर रहेकोे छ । करिब ४५ जना विद्यालय जाने उमेरको बालबालिकाहरु रहेका छ्न तर दैनिक विद्यालय जम्मा ५/६ जना बालबालिका विद्यालय जाने गर्दछ्न। शिक्षाको महत्त्वको बारे , शिक्षा प्रतीक अभिभावकलाई जनचेतना नभएको , शिक्षालाई अभिभावकले चिन्ता नगरेको , बालबालिकाको भविष्यको बारेमा खायाल अभिभावकले नै नगरेकोले दलित अभिभावक संघ गठन गरिएको छ। यस दलित अभिभावक संघको अगुवाइमा दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , विद्यालय निरन्तरता , गुणस्तरीय शिक्षा , विद्यार्थी सिकाई सुधार , अभिभावक शिक्षा तथा सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्र संचालन गर्ने क्रियाकलाप संचालन गर्ने उदेश्य लिएको छ। दलित अभिभावक संघको अध्यक्षमा सुनिता देवी मुसहर , सदस्य जय प्रकाश मुसहर , लालमुनी देवी मुसहर , रुखमिनी देवी मुसहर , उर्मिला मुसहर , बिगनी देवी मुसहर , अर्जुन माझी मुसहर, झुलन मुसहर , अर्जुन पासवान, भुलाहि माझी बलिया देवी मुसहर , राजमती देवी मुसहर गरि ११ सदस्यीय समिति गठन गरिएको छ। यस दलित अभिभावक भेला कार्यक्रमको अध्यक्षता जयप्रकाश मुसहर ज्यु गर्नुभएको छ। यस कार्यक्रम पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य पारमानन्द राम , सदस्य सुरेन्द्र पासवान , सदस्य सन्जोग राम र मुसहर समुदाय , दलित अगुवा , बालबालिका र दलित अभिभावकहरुको उपस्थिति रहेकोे थियोे । यस दलित अभिभावक भेलाको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियन्ता मनोज रामले गर्नुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।