सहबान अन्सारी / १८ पुस नवलपरासीमा उत्पादन थलोमा केरा उत्पादक कृषक व्यवशायी सम्बन्धित सरोकारवाला बिच प्लाण्ड क्वारेन्टाईन सम्बन्धी सचेतना मुलक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । शनिवार सुस्ता गाउँपालिका वडा नं, २ कुडियामा भएको कार्यक्रममा सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको केरा किसानहरु बिच अन्तरक्रिया गरिएको हो। क्वारेन्टाईन कार्यालय भैरहवा तथा केरा उत्पादक संघको आयोजनामा आयोजित कार्यक्रममा केरा किसानहरुले बिभिन्न समस्या तथा भोग्नु परेको कठिनाई ब्यक्त गरेका थिए । नगदे बालीको रुपमा बैकल्पिक केरा खेती गर्दै आएका किसानहरुको आफ्नो ठाउँको उत्पादन भएको केरालाई प्रोत्साहन गरी उत्पादन लागत घटाउनुको साथै बाजार व्यस्थापन तथा बिमानिती परिमार्जन गर्नु पर्ने केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लखु यादवले धारणा राखेका थिए । त्यसैगरि गाउँपालिका भित्र केरा खेती गर्दै आएका किसानहरुको माटो परिक्षण गरी जैविक संतुलन कायम गर्नु पर्ने गाउँपालिका प्रमुख राम प्रसाद पाण्डेले बताए । अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्य इकाई प्रमुख राम प्रसाद पाण्डे, कृषि ज्ञान केन्द्र नवलपरासी प्रमुख देवेन्द्र कुमार मिश्र हरि प्रसाद खनाल लगायत करिब ४० जना किसानहरुको सहभागिता रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।