Rashtriya Dainik

फर्साटिकर कपमा विश्वशान्ती युवा क्लब क्वाटर फाइनलमा प्रवेश

तुलसी राम पौडेल /फर्साटिकर, पौष १६

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगितामा बिहिवार बिश्वशान्ती युवा क्लब सालझण्डी भर्सेस फर्साटिकर एकेडेमी बीच खेल प्रतिस्पर्धा सम्पन्न भएको छ।सम्पन्न प्रतिस्पर्धामा बिश्वशान्ती युवा क्लब सालझण्डिले ४-२ गोलको अन्तरले फर्साटिकर एकेडेमीलाई पराजित गरि बिश्वशान्ती युवा क्लब सालझण्डी बिजय भएको हो ।
बिहीबारको सम्पन्न खेलको म्यान अफ द म्याच घोषित हुनुभएका फर्साटिकर एकेडेमीका सन्जय चौधरीलाई खेल संयोजक टेकु भण्डारीले नगद एक हजार पाच सय नगद प्रदान गर्नुभयो ।
शुक्रबारको खेल चादनी युवा क्लब दानापुर भर्सेस फर्साटिकर युवा क्लब बीच हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित