क्राईम प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु माथिल्लो निकाय मौन

वीरगंज, १५ गते
एसपी पन्तको निर्देशन विपरीत क्राईम प्रहरीको मिलोमतोमा पर्सा जिल्लामा ब्यापकरुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।

पर्सा जिल्लामा रहेको सिमानाकाहरुवाट तस्करहरूले क्राईम प्रहरीको सहयोगले भारतवाट लत्ताकपडा , हाडयेवर, जुत्ता चप्पल , रजनिगंधा राजनिवास ,गाई , भेैसी , रङ्गगा नेपाल भित्राउने गरेका छन भने नेपालवाट केराऊ , छोकडा , मरिच भारततर्फ लैजाने गर्छन्।

नेपाल र भारत सिमानाकाहरु अवैध तरिकाले मालसमान आयात निर्यात गर्नको निम्ति तस्कर र सशस्त्र प्रहरीको ड्यूटी टोली सीमा नाकामा खटिने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध अनुसन्धान शाखाको नामले खटिने गरेको प्रहरी टोलीले र सशस्त्र प्रहरीले तस्कर समुह स“ग मोटो रकमको नजराना बुझे पश्चात तस्करीको लाइन समेत रेखदेख गर्ने गरेका हुन ।

लकडाउनको बेलामा जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध अनुसन्धानको नाममा खटिने प्रहरी नायब निरीक्षक कमल पंरियार, प्रहरी सहायक निरीक्षक मोहन आले, प्रहरी हवलदार खुसीलाल यादव र प्रहरी हवलदार पैगम्बर अन्सारी लगाएतको टोलीले आफ्नो काम कर्तब्य निर्वाह नगरी तस्करीको मालसमान आयात निर्यात गर्न मदत पुरयाउदै आएका छन । केही बिचौलीयाको सहयोगमा तस्करीको मालसमान आयात निर्यात गर्न÷गराउनको निम्ति मासिक लाखौ रुपैया बुझेको तस्कर श्रोतले जनाएका छन ।

शान्ति सुरक्षाको नाममा खटिने प्रहरी टोलीले तस्करीको मालसमान चलाउनको निम्ति मासिक लाखौ रुपैया असुल गर्दै आएका छन ।

सिमानाकामा मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएपनि अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरुले तस्करीको लाइन हेर्नुको साथै स्कटीङ समेत गर्ने गरेको रहस्य स्थानीयले बताएका छन । रातिको समयमा बिभिन्न नाकाहरुमा पुगी लाइन हेर्दै फर्किदा तस्करीको मालसमान आयात निर्यात हुने गरेको स्थानीयले बताएका छन ।
पर्सा जिल्लाको बिभिन्न नाकाहरुमा घुमुवा टोली पुगी तस्कर समुह संग मासिक नजराना बुझे पश्चात स्थानीय प्रहरी चौकीहरुले समेत रकम बुझने गरेका छन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले आफ्नो क्षेत्रमा पर्ने सबै सीमा नाकाहरुबाट अवैध तरिकाको मालसमान बन्द रहेको बताएपनि उहाकै मातहातमा रहेका प्रहरीहरु मासिक लाखौ रुपैया नजराना बुझने गरेको एक भिडियो रेकर्डबाट प्रमाणित समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त पर्सा जिल्ला प्रमुख भई अाएको बेला देखिने दिन रात खटि सिमानाका हुने अपराधीक गतिविधि ,शान्ति सुरक्षा कायम राखि सिमानाका हुने तस्करीमा कडाई गरि नुन देखि सुन सम्म पक्राउ गरि करिब ४० करोडको अवैध सामानहरु बरामद गरि वीरगंज भन्सार कार्यालयमा अहिले सम्म यति ठुलो मात्रामा बुझाउने मध्ये पर्साको पहिलो महिला एसपि हुन्।उहाँले पटक पटक तस्करी नियन्त्रण गर्ने निर्देशन दिएपनि ऊहाको अपराध अनुसन्धान शाखाको क्राईम टोलीले निर्देशन विपरीत तस्करहरु संग रकम असुलि गरि व्यापक रुपमा तस्करी लाईन दिएको हिजो एक घटनाले छताछुल्ल भएको छ।

प्रहरीको सहयोगले वीरगंजको श्रिसिया र छपकैया नाकावाट अवैध रुपले भित्राएको कपडा गणडक चौकमा सशस्त्र प्रहरी बल १३ गणको टोलीले पक्राउ गरेको छ।
यो घटनाले प्रमाणित हुन्छ कि अहिले पर्सा जिल्लामा प्रहरी प्रमुखको निर्देशन विपरीत तल्लो तहको हाकिमहरुले तस्करहरु संग साठगाठ राखि तस्करी सुचारू गराएका छन्।

मुलुकमा शान्ति सुरक्षाको नाममा खटिने गरेको नेपाल प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा प्रहरी संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जि उडाउदै पावरको गलत प्रयोग गरी आफ्नो वर्दीलाई कमाई खाने भाडो बनाएका छन । तसर्थ ः यस्ता भ्रष्ट प्रहरी अधिकारीलाई समयमै लगाम नलगाए आउने दिनमा पर्सेली जनताले बोकेको प्रहरी माथिको उठदै गएको देखिन्छ ।यस्तो गतिविधि तर्फ माथिल्लो सम्बन्धित निकायहरुको ध्यान जान यति अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot