काठमाडौँ: कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार, शुक्रबार र शनिबारका लागि कर्फ्यू जारी गरिएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले कोरोनाभाइरसको संक्रमण जोखिम रहेका बेला नयाँ वर्षको अवसरमा भीडभाडा हुन सक्ने भन्दै तीन दिन कर्फ्यू जारी गरेको हो । विज्ञप्ति जारी गर्दै डीडीएमएले ३१ डिसेम्बर (आज) राति ११ बजेदेखि भोलि शुक्रबार बिहानसम्म र जनवरी १ अर्थात् शुक्रबार पनि राति ११ बजेदेखि पर्सी जनवरी २ शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू रहने उल्लेख गरेको छ। समयमा सार्वजनिक ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाउने र नयाँ वर्ष सार्वजनिक स्थानहरूमा निषेध गरिएको छ। डीडीएमएले कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि सार्वजनिक ठाउँहरुमा भेला वा जमघट हुँदा नयाँ स्ट्रेनको भाइरस फैलिन सक्ने भन्दै सो कदम उठाएको जानकारी दिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।