आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

१४ पुस/ काभ्रेपलाञ्चोक ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोट ओखरपौवा-१ घर भई बारा निजगढ नगरपालिका-२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुस ९ गते फेला परेको थियो ।
अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको, उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद हुने गरेको र गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेपछि बेथानचोक गाउँपालिका-१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा पुगी सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको खुल्न आएको छ ।

घटना पश्चात सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot