अारपि उपाध्याय/ नवलपरासी , १६ जेठ
नेपाल रेडक्रस सोसाइटी नवलपरासी (ब.स.पु.) र गणतन्त्र दिवस आयोजक समितिको संयुक्त आयोजनामा १६ औं गणतन्त्र दिवसको पावन अवसर पारी वृहत् खुला रक्तदान कावासोतिमा सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी (पुर्व) का शाखा सभापति ऋषिराम कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिती नवलपरासी (पुर्व) कि उपप्रमुख शकुन्तला लम्सालको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्र.जि.अ. लम्सालले मानवीय सेवाको लागि नवलपुर रेडक्रसले खेलेको भुमिका प्रसंशनिय रहेको बताउनु भयो।
रक्तदान कार्यक्रममा नवलपुर रक्त सञ्चार सेवाको प्राविधिक सहयोग रहेको थियो भने कार्यक्रमको सहजीकरण ने.रे.सो. नवलपुरका कोषाध्यक्ष वेद प्रसाद न्यौपानेले गर्नुभएको थियो।
रक्तदान कार्यक्रममा १४ जना महानुभावहरुले रक्तदान गर्नुभएको आयोजकले बताएको छ।
कार्यक्रममा राष्ट्रीय अनुसन्धान कार्यलयका प्रमुख प्रकाश शाह,जिल्ला नवलपुरका डिएसपी संतोष पाठक,जिल्ला समन्वय अधिकारी सुरेन्द्र बस्याल,नेपाली काङ्ग्रेसका प्रतिनिधि गोपाल बास्ताकोटी लगायतको उपस्थिति रहेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

