Rashtriya Dainik

एक दिवसीय जैबिक बिबिधता संरक्षण र चोरिसिकारी नियन्त्रणको भुमिका विषयक अन्तरक्रिया

अारपि उपाध्याय / नवलपरासी , १६ जेठ

पुर्बी नवलपरासीको बिनयी त्रिबेणी गाउपालिका अन्तर्गत रहेको त्रिबेणी मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा एक दिवसीय जैबिक बिबिधता संरक्षण र चोरिसिकारी नियन्त्रणको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम मंगलवार त्रिबेणीमा सम्पन्न भएको छ ।
त्रिबेणी मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष धिरज थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा चितवन राष्ट्रीय निकुञ्ज मध्यवर्ती क्षेत्र त्रिबेणी सेक्टरका रेन्जर शिव नारायण यादवले सहजीकरण गर्दै जैबिक बिबिधता संरक्षण मा समुदायको महत्त्वपूर्ण भुमिका रहने बताउदै यस कार्यमा सबै सरोकार वाला निकायले ध्यान पुर्याउनु पर्ने धारणा राख्नु भयो ।

“समन्वय सहकार्य र सहअस्तित्व बन्यजन्तु संरक्षणमा हाम्रो साझा दायित्व” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बिनयी त्रिबेणी वार्ड न ६ अन्तर्गतका ४० सहभागीहरुको सहभागीता रहेको आयोजकले बताएको छ । त्रिबेणी उपभोक्ता समितिको सभाहल मा आयोजना भएको अन्तर्कृया कार्यक्रममा पदम बहादुर राना, सोम बहादुर राना , रन्जित काफ्ले , मङलसिंह थापा लगायत ले तालिमको उदेश्य माथी जिज्ञासा् राख्नु भएको थियो । चितवन राष्ट्रीय निकुञ्जको कानुनी जटिलताले अबरोध पारेकोको त्रिबेणी दुम्किबास सडक निर्माणले मात्र जैबिक बिबिधताको संरक्षण कार्यमा सहयोग पुग्ने सहभागी हरुले तर्क प्रस्तुत गरेका थिए । सो अवसरमा उपभोक्ता समितीका अध्यक्ष थापाले बन र बन्यजन्तुको संरक्षण गर्न सकिएमा भाबी पुस्तालाई यसको महत्व बारे जानकारी गराउन सकिने बिचार व्यक्त गर्नुभएको कार्यक्रम संचालिका मन्जु रानाले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित