Rashtriya Dainik

महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर सौनहवामा हुने

कृष्णनगर, जेष्ठ १५

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा जेष्ठ १६ गते एक दिने महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन हुने भएको छ।

उक्त शिविरमा स्तन क्यान्सरको पहिचान, प्रारम्भिक उपचार र आवश्यक परे रिफर गरिने, Obstetrics fistula, आङ खस्ने समस्याको पहिचान र रिङ प्रेसरी राख्ने, पाठेघरको मुखको क्यान्सर जांच pt case हरू लाई Thermocoagulation विधिबाट उपचार, बांझोपन समस्या लाई आवश्यक परामर्श सेवा र रिफर जस्ता सेवा हरूको साथ शिविर संचालन हुने कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराई ले जानकारी दिए।

भैरहवा मेडिकल कॉलेज बाट महिला प्रसूति विशेषज्ञ सहित चार जना मेडिकल अधिकृत तथा मेरिस्टोप बाट एक जना स्टाफ नर्स तथा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी हरू सहितको टोलीमा शिविर संचालन हुने छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित