महेश सिंह/ सिरहा लहान, १५ जेष्ठ – सिरहाको लहान नगरपालिका वडा नम्बर ८ बस्ने अमन चन्द्रदेबले वैदेशिक रोजगारीको लागी करिब एक बर्ष अगाडी साउदी अरेबिया पुगेका थिए।घरको आर्थिक अवस्था निकै कमजोर रहेको अमन चन्द्र देबले आउदी गएका छन्।
बुवा मनोरंजन चन्द्रदेव र आमा चन्दाना देवी की २३ बर्षको जेठो छोरा अमन चन्द्रदेव वैदेशिक रोजगारीको लागी साउदी अरेबिया पुगेका हुन्।लिङ्गक ईन्टरनेशलन मेनपावर काठमाडौंबाट चक्रपथबाट दुबैका लागी एमोजन कम्पनीमा कफी ब्वाइजमा काम गर्दै आएका थिए।
उनी काम गर्दै गर्दा दाहिने हात फ्याक्चर भएको थियो।देवलाई समान्य उपचार पछी स्वदेश पठाएका छन्।उनलेे घातक रोग वाप्त ५ लाख र आयनोक्सानी वाप्त १ लाख गरी जम्मा औषधी उपचार खर्च वाप्त ६ लाख रुपैया सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले कर्मचारी हेम नारायण सिंह र रोशन महतोले र पत्रकार महेश सिंहको रोहबरमामा माछापुच्छ्रे बैंकको ६ लाखको चेक हस्तान्तरण गरेका छन्।
उनको बिमा अभिलेख नम्बर FE1000148960 भएको हो। प्रबन्धक महतोले पीडित युवालाई अफिसमै बोलाएर चेक हस्तान्तरण गरेका हुन्।उनले आफू राजी खुशी १ लाख बराबरको बिमा समेत गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

