Rashtriya Dainik

एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसमा दीप प्रज्वलन

नवलपरासी , १४ जेठ ।

एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा नवलपरासीको सदरमुकाम परासीमा दीप प्रज्वलन गरिएको छ ।

एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीको आयोजनामा अाइतवार साँझ परासीमा दीप प्रज्वलन गरी एम्नेष्टी दिवस मनाईएको हो ।

एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीका अध्यक्ष हुसेन अन्सारीको अध्यक्षता तथा निवर्तमान संयोजक विजय जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाज, रेडक्रस, पत्रकार, वकिल, मानवअधिकारकर्मी, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा एम्नेष्टीका सचिव उमेश वि.क, सदस्य राजु देवान, पत्रकार मोहन पौडेल लगायतले पनि बोल्नुभएको थियो ।

एम्नेष्टी इन्टरनेशनलको अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको थियो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहाको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेख्नुभएको थियो । उक्त लेखका माध्यमबाट वेलायत सहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो ।
उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम्मेलनको आयोजना गरे र सोही वेल्जियम सम्मेलनले उक्त अभियानलाई मानव अधिकारको क्षेत्रमा वकालत गर्नेगरी एम्नेष्टी इन्टरनेशनल स्थापना गरेका हुन् ।त्यसपछि अन्य राष्ट्रहरुले पनि एम्नेष्टी इन्टरनेशनललाई मान्यता दिन थाले । त्यतिवेला संयुक्त राष्ट्रसंघ, युनेस्को, युरोपियन युनियन लगायतका देशहरुले एम्नेष्टीलाई सल्लाहकारको रुपमा समेत राखेका थिए ।
नेपालमा भने एम्नेष्टी सन् १९७९ मा भित्रिएको हो । नेपालमा नुतन थपलियाले सन् १९७९ मा एम्नेष्टी इन्टरनेशनल नेपाल स्थापना गरेपछि विविध कारणले १९८२ मा मान्यता खारेज भयो । पछि नेपालको राजनैतिक व्यबस्था परिवर्तन भएर प्रजातन्त्र पुनःस्थापना भएपछि सन् १९९० मा कृष्ण पहाडीको नेतृत्वमा एम्नेष्टी इन्टरनेशनल नेपाल पनि पुनःस्थापना गरिएको थियो ।


हाल नेपाल सहित ८० हाराहारी देशमा एम्नेष्टी इन्टरनेशनलका शाखा छन् । त्यस्तै १५० बढी देशका नागरिकहरु यसका सदस्य छन् । ७ वटा देशमा प्रादेशिक कार्यालय र अन्तर्राष्ट्रिय सचिवालय छन् । त्यस्तै यसका विश्वमा ७ हजार ५ सय बढी समुह छन् । एम्नेष्टीले मुख्यतया कुनैपनि विषयमा अन्तर्राष्ट्रिय एक्यवद्धता कायम गर्ने गरेको छ । यो विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित