Rashtriya Dainik

प्रहरी चौकी ईनार्वाद्वारा चाँदीका औठी र पाउजुहरू सहित वीरगंजका महिला पक्राउ

वीरगंज १४ जेठ
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी ईनार्वाले चाँदीको गरगहनाहरु सहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी ईनार्वाले विशेष सूचनाको आधारमा वीरगंज रजत ज्यनती चौकमा खटिएको प्रहरी चेकीङ्ग टोली भारतबाट नेपाल तर्फ पैदल स्कासपद रुपमा हिडिरहेका महिलाको शरिर भित्र लुकाई छिपाई राखिएको प्लास्टिक झोला भित्र लुकाई छिपाई राखेको चाँदी जस्तो देखिने धातुबाट बनेको पाउजु ३९ जोर र औठी ९५ पिस जम्मा तौल २१०८ ग्राम करिब १ लाख १२ रुपैया बराबरको चादीको गहना सहित उमा देबीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीेले बताउनुभयो।
पक्राउ परेकी उमादेबीलाई चाँदीको गरगहना सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राज्शव अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित