नवलपरासी / १४ जेठ
पश्चिम नवलपरासीकाे सुस्ता गाउंपालिकाकाे वडा नं. ४ मा भइरहेकाे भारतीय निर्माण कार्यमा नरसही गाउंका केही व्यक्तिले अन्य गाउंका जेसीबी तथा टेक्टरटालीलाइ काम गर्न नदिने भन्दै उर्दी जारी गरेपछि गाउंगाउंबीच सामाजिक द्वन्द निम्तिन सक्ने जाेखिम उत्पन्न भएकाे छ ।
गैरकानुनी रूपमा संगठित भइ अरू गाउंका नेपाली मेशिन तथा कामदारलाइ देशभित्रै काम गर्न नदिने बाध्य बनाएपछि तनाव सिर्जना भएकाे हाे ।
नरसहिमा बनेकाे त्यस संगठित समुहले बलजफ्ती रूपमा काम गर्न पाउनबाट वञ्चितिमा पारेपछि सुस्ता ४ नरसही बाहेकका प्रतापपुर तथा अन्य गाउंपालिकाका सवारीधनी तथा कामदारहरू प्रतिकारमा उत्रिएका छन् । जसले द्वन्द्वकाे स्थिती सिर्जना भएकाे छ । सिण्डिकेटकाे सिकार बनेकाहरू प्रतिकारमा उत्रिएपछि नारायणी नदीकाे बालुवा लैजादै गरेका ३ वटा टेक्टरटालीलाइ नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बेलाटारीलाइ बुझाएपछि प्रहरीले कार्वाही चलाएकाे छ ।

जेठ १२ गते सुक्रवारका दिन घटेकाे यस घटना चर्चाकाे विषय बनेकाे छ । विगत ३ दिनदेखि एक अर्का गाउंका बीचमा समाजिक द्वन्द निम्तिने जाेखिम बढेकाे बारे जिज्ञासा राखेपछि नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आफु यसबारे अनभिज्ञ रहेकाे प्रतिक्रिया दिदै प्रहरी मार्फत बुझ्ने बताएका छन् ।
सुस्ता गाउंपालिका स्थित गण्डकमा बाँध र स्पर निर्माण तथा मर्मत कार्यका लागि नारायणी नदीकाे तटमा भारतले सुरू गरेकाे काममा वडा नं. ४ नरसहीका केही व्यक्तिहरूकाे संगठित समुहले काम गर्न राेक लगाएपछि साे क्षेत्रमा दर्जनाैं व्याक लाेडर सयाैं टेक्टरटालीका व्यवासायीहरू प्रभावित बनेपछि प्रतिकारमा उत्रेका छन् । प्रतिकारमा उत्रिएपछि स्थानीय प्रहरी समेत तनावमा परेकाे छ ।
प्रहरीले यस मामिलालाइ भित्रभित्रै सामसुम पार्न खाेजेपनि नसकेकाे अवस्था छ । नरसहीमा कृयाशिल रहेकाे साे संगठित समुहले भारतीय ठेकेदार र स्थानीय कामदारकाे बीचमा कमिशन वापत माेटाे रकम कुम्ल्याउनका लागि, लागिपरेकाेले प्रहरीकाे पनि नसुनेकाे अवस्था छ ।
नारायणीकाे गिट्टी बालुवा तथा ग्रेभेलकाे अवैध रूपमा उत्खनन तथा कर छलिकाे यस संगठित रूपमा भैरहेकाे तस्करी कार्यमा संलग्न रहदै आएकाे यस समुहलाइ प्रहरीकाे संरक्षण रहेकाेले प्रहरीकै भरमा याे धन्धा सञ्चालनमा रहेकाे हाल प्रतिकारमा उत्रेकाहरूकाे आराेप छ ।

आफुहरू नरसही स्थित भारतीय गण्डककाे काममा कार्य गर्न नपाए वर्षैभरि हुने अवैध नदीजन्य वस्तुकाे तस्करी गर्न नदिने बताएका छन् । उनीहरूका अनुसार नारायणी नदीबाट नदीजन्य वस्तु निकासी गर्न नेपाल सरकारले अनुमति दिएकाे छैन । नारायणी नदी अन्तरराष्ट्रिय सीमासित सराेकार राख्ने भएकाले नेपालले यस नदीबाट नदीजन्य वस्तु निकासीका लागि वातावरणीय प्रभाव मुल्यांकन समेत गर्न पाएकाे छैन ।
निकासी राेक्नका लागि केही दिन अघि नदीमा पुगेकाे प्रहरी अहिले चुप लागेर बसेकाे छ । सशस्त्र प्रहरी बलीनगरका प्रहरि निरीक्षकसित उनीहरुकाे भनाभन नै भएकाे थियाे । निकासी अवैध हाे भन्दै नियन्त्रणका लागि बल प्रयाेग गर्न अघि सरेकाे प्रहरी अहिले चुप लागेर बसेपछि मिलेमताेकाे अराेप स्थानीयले लगाएका छन् । प्रहरीकै दाेहाेराे भूमिकाका कारण सिण्डीकेट प्रभावी भएकाे अनुमान गरिएकाे छ । जसले साेझासाझा मारमा परेका छन भने तस्करकाे मनाेबल बढेकाे छ ।
जसले यस नदीबाट नदीजन्य वस्तुकाे निकासी अवैध रहेकाे जिल्ला समन्वय समिति प्रमुख भगवती प्रसाद यादव रूदलले जनाएका छन् । उनले भने हाल भारतीय संरचना निर्माणकाे नाममा गण्डकमा भैरहेकाे नदीजन्य वस्तुकाे निकासी गैरकानुनी हाे। नवलपरासी प्रहरी प्रशासनकाे माैनताले यसले बढावा पाएकाे छ, स्थानीय प्रशासनले सहयाेग नगरे उपल्लाे निकायसित सहयाेग माग्ने बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

