बिन्दवासनी , १४ जेठ
बिन्दवासनी गाउपालिकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणमा एक लाखको सहयोग गरेको छ ।
आईतवार बिन्दवासनी गाउपालिका अध्यक्ष प्रमोद तिवारीले महासंघका अध्यक्ष अनुप तिवारीलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।
सो अवसरमा बिन्दवासनी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह,नेपाल पत्रकार महासंघका कोषाध्यक्ष संजिव मिश्राको उपस्थिति रहेको रहेको थियो ।
बिन्दवासनी गाउपालिका अध्यक्ष तिवारीले संचारकर्मीहरूको साझा संस्थाको पुर्वाधार था प्रविधीको विकाशमा आफु सदैव सकारात्मक रहेको बताउनु भयो । म
हासंघ पत्रकारहरूको संरक्षण ,दक्षता,र भौतिकपूर्धारको क्षेत्रमा राम्रोसँग काम गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष तिवारीले आउदो बजेटमा पनि पत्रकार महासंघको लागि आवश्यक योजना छुट्याउने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पर्साको तेश्रो तल्ला निर्माणको क्रममा रहेको छ । त्यसैगरि भुई तल्लामा लाईब्रेरी,आधुनिक प्रविधियुक्त डेस्क तथा राउन्ड टेबल मिटिंग हलको निर्माण भईरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

