उमेश बि.क / नवलपरासी , १४ जेठ
मधेस प्रदेशको बारा जिल्लामा जन्मेकि प्रिती पासवान पछिल्लो समयमा निकै चर्चामा आएकी छन् ।
विभिन्न सांस्कृतिक कार्यक्रम हाेस या मेला महाेत्सव प्रिति बिना कार्यक्रम सुनसान लाग्छ ।हाल युवाहरूको राेजाई प्रिति बनिकी छिन।दर्शकले उनको टिकटक र डान्सलाई मन पराएका छन् ।
प्रिति एक टिकटक स्टार र डान्सर हुन् । उनी अहिले निकै लोकप्रिय भएकी छन् । उनले देश–विदेशमासमेत कार्यक्रम गर्न पाउन अवसर पाएकी छन् ।

उनी छिमेकी देश भारत, दोहा कतार , मलेशिया , दुबई लगायत देशमा समेत उनले स्टेज कार्यक्रममा सहभागिता जनाएकी छन् ।
प्रिती पासवानले टिकटक, सामाजिक संजाल लगायत अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरि चर्चामा आएकी छन् । अहिले स्टेज शो कार्यक्रमले घरमा बुवाआमासँग केही समय बिताउन नसकेको बताइन् । प्राय उनी मेला महाेत्सव तथा सांस्कृतिक कार्यक्रममा बिजि रहेकी छिन ।
प्रितिले सुरुवाती दौरानमा गरिबीले गर्दा साझ, बिहान दुई छाक टार्न निकै कठिनाइ हुने गरेको राष्ट्रिय दैनिकसंग कुराकानी गर्दै बताइन् ।

उनले त्यस बखत बुवाले सारी लगाएर थिएटरमा नाच्ने गर्नुहुन्थ्यो र आमाले अरूको घरमा गएर भाडा सफा गर्ने काम गर्ने गरेको सुनाइन् । प्रितिले मेरो परिवार दलित भएकै कारणले नृत्य प्रदर्शले विभिन्न सामाजिकमा अपहेलित समेत हुनु परेको बताउँदै निकै गरिबीको चपेटाबाट उठ्न सफल भएको भन्दै खुसी व्यक्त गरिन् ।
पहिला हेला गर्ने ब्यक्तिहरु अहिले मेराे चर्चा परिचर्चा गर्ने गरेको सुनाइन् । प्रितिले सानो उमेरदेखि भजन गीत गाउने काममा रुची राखेको बताउँदै आफ्नो बाल्यकालमा गाउँको मन्दिरमा आफैले लेखेको भजन गीत गाउने गरेको बताइन् ।
पछि सा–साना कार्यक्रमको स्टेजमा गएर नाच्ने सुरुवात गरेको बताइन् । उनले भनिन्; ‘सुरूमा ठूलो स्टेजमा मलाई नाच्न नदिएर म आफै दुई हजार तिरेर स्टेजमा नाच्न पाएको थिए । तर अहिले देश विदेशमा स्टेज शो गर्न जान्छु । यति धेरै व्यस्तता हुन्छ कि घरमा चाडपर्व मनाउन समय पाइदैन ।’

प्रितिले सुरुमा कार्यक्रम गर्न कठिनाइ भए पनि अहिले दर्शकको माग र चाहना अनुसार नेपाल लगायत विदेशमा धेरै स्टेज शो गरेको बताइन् । उनले जुन नेपालमा लाख बढी रुपैयाँको माग गरेर एक दिनको स्टेज शो गरेको बताउँदै विदेशमा अझै धेरै रूपैयाँको शोको लागि लिई सहभागी हुने गरेको बताइन् ।

प्रितिले सबै भन्दा बढी कृतज्ञता आफ्नो आमा–बुवा र दर्शकलाई दिने गरेको बताइन् । उनले आमा बुबाको सहयोग र दर्शकको प्रेमले लोकप्रियता भएको बताइन् । हाल अाफ्नाे मेहनत र कलाकाे माध्यमबाट धेरैकाे मुख बन्द गरेको बताउदै समय बलवान् हुन्छ मनस्थिति परिवर्तन गर्नलाई परिस्थिति परिवर्तन हुन जरुरी रहेको नवलपरासीमा जारी प्रथम रामग्राम सांस्कृतिक मेलामा उनले यस्तो बताएकी हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

