Rashtriya Dainik

सुस्तामा लघुवितिय संस्थाहरु प्रवेश निशेधित क्षेत्रकाे ब्यानर

अारपि उपाध्याय / नवलपरासी , १३ जेठ

लघुवित्त पिडित सुस्ता संघर्ष समिती पश्चिम नवलपरासीले आफुहरुद्वारा प्रस्तुत गरिएको माग सहितको ब्यानर अनावरण कार्यक्रम सुस्ताको कुडियामा सम्पन्न गरेको छ।

“बाचौ,बचाउ र अगाडी बढौ,लघुवित्त संस्थाको ज्यादती विरुद्ध एक जुट होऔ” भन्ने नाराका साथ न्यायका लागि सडक आन्दोलन गरिएको संघर्ष समिती सुस्ताकी अध्यक्ष सायरा खातुनले जानकारी दिनुभएको छ।

सुस्ता गाउँपालिका कुडियाको बिग्याप बाध चोक र कुडिया कै पश्चिम टोल स्थित रामजानकी मन्दीर नजिक विरोध कार्यक्रम सहितको ब्यानर सार्वजनिक कार्यक्रम गरिएको हो।
लघुवित्त पिडितहरुले नव सामन्तिको रूपमा स्थापित लघुवित्त संस्था खारेज गर्नुपर्ने लघुवित्तद्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायत आरोप सहितको नारा लगाएका थिए। सो अवसरमा सुस्ता गाउँपालिका वडा न.२ का लघुवित्त पिडितहरुको सहभागिता रहेको संस्थाका सचिव उमा जर्गा मगरले जानकारी दिनुभएको छ।

ब्यानर सार्वजनिक कार्यक्रममा लघुवित्तिय संस्थाहरुलाई पिडितहरु प्रती उदार भावको व्यवहार गर्नुपर्ने उद्घोष पनि गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित