उमेश बि.क / नवलपरासी , १३ जेठ
लियो क्लब अफ रामनगरद्वारा फ्रि वाइफाई सेवा सन्चालन गरिएको छ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहि चाेक र सहकारी चोकमा फ्रि वाइफाई सेवा सन्चालन गरिएको हाे।
लामो दुरीदेखी यात्रा गरी आउने यात्रुहरुमा पर्न गएको आपतकालिन समस्यालाई लक्षित गरेर लियो क्लब अफ रामनगरको आयोजना र स्मार्ट लिंक नेटवर्क प्रा.लिकाे सहजिकरणमा एक कार्यक्रम बिच वाइफाई सेवा सुचारु गरिएको हाे।
बिशेष गरी रातीको समयमा यात्रुहरुलाई रिचार्जको आवश्यकता पर्न जाने र आवश्यक परेको बेला डाटा नहुने अवस्थामा यात्रुले फ्रि वाईफाईको सेवा लिन सक्नेछन् । रातिको समयमा पसलहरु पनि बन्द हुने भएको अवस्थामा स्थानीयले पनि यसको सहि सदुपयोग गर्न सक्नेछन् ।

यो फ्रि वाईफाई सुविधामा अनलाइन खेल र टिकटक नचल्ने गरी व्यवस्था गरिएको क्लबकाे सचिव सुरेन्द्र कुमार कोहारले बताउनु भएको हाे ।
यसबाट ट्राफिक जाम नहुने गरी यसलाई व्यवस्थापन गरिएको र यसको संरक्षण गर्न सुनवल वडा नम्बर १२ काे कार्यालय र स्मार्ट लिंक नेटवर्क प्रा.लिलाई समेत जिम्मेवारी दिइएको क्लबका अध्यक्ष रुपेश गाैतमले जानकारी दिनुभएको हाे।
लियो क्लब अफ रामनगरकाे अध्यक्ष रुपेश गौतमकाे अध्यक्षता तथा लायन्स बलराम चापागाईंकाे प्रमुख अातिथ्यता भएको फ्रि वाइफाई सेवा उदघाटन कार्यक्रममा रामनगर बजार व्यवस्थापन समिति अध्यक्ष युवराज भुसाल , भवानी ढकाल ,गंगाधर पाण्डेय ,सई कृष्ण प्रसाद पाण्डे , बेद सन्जालका संस्थापक अध्यक्ष यमन भण्डारी र समाजसेवी कृष्ण पाण्डेयकाे उपस्थित रहेको क्लबकाे सचिव सुरेन्द्र कुमार कोहारले बताउनु भएको हाे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

