Rashtriya Dainik

आज नेपाल प्रेस युनियनको स्थापना दिवस

काठमाडौँ – लोकतन्त्रवादी पत्रकारको संस्था नेपाल प्रेस युनियनले आज देशभरि ३२ औं बार्षिकोत्सव मनाउन लागेको छ ।

देशका शाखामा आज युनियनको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

विसं २०४८ जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाले लोकतन्त्र र श्रमजिवी पत्रकारको पक्षमा सङ्गठितरुपमा अगाडि बढ्ने अठोट सहित नेपाल प्रेस युनियनको स्थापना गरेकाले जेठ १३ मा स्थापना दिवस मनाउने गरिएको छ ।

नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

पत्रकारिता व्यवसाय प्रजातन्त्रमामात्र फस्टाउने शास्वत सत्यलाई मध्यनजर गर्दै युनियनभित्र प्रजातन्त्रप्रति पूर्ण आस्थावान् श्रमजीवी पत्रकार आबद्ध रहन सक्ने युनियनको विधानमा उल्लेख छ ।

श्रमजीवी पत्रकारको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्देश्यले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको थियो ।

तदर्थ समितिमा गुप्ता सहित हरि अधिकारी सहित रमेश तुफान, राजेश ढुङ्गाना, शिरिषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान गरी सत्र जना सदस्य रहनुभएको थियो ।

तदर्थ समितिले २०४८ साल फागुन १५ र १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

त्यसपछि २०५१ सालमा पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशनले रमेश तुफान, पर्साको वीरगन्जमा २०५३ सालमा भएको तेस्रो महाधिवेशनले तारा बराल, २०५६ सालमा सुनसरीको इटहरीमा भएको चौथो महाधिवेशनले कुलचन्द्र वाग्ले अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो ।

त्यसैगरी सिरहाको लाहानमा २०६० सालमा भएको पाँचौँ महाधिवेशनले मुरारीकुमार शर्मालाई, कास्कीको पोखरामा २०६४ सालमा भएको छैठौँ महाधिवेशनले समिरजङ्ग शाहलाई र २०६७ सालमा सुनसरीको इटहरीमा भएको सातौ महाधिवेशनले किरण पोखरेललाई केन्द्रीय अध्यक्ष चयन गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित