Rashtriya Dainik

वीरगंजको भिस्वाबाट Online मार्फत ( IPL 2023 ) जुवा/सट्टावाजी गर्ने ४ जना पक्राउ

वीरगंज १२ जेठ
पर्सा प्रहरीले अनलाईन मार्फत iPLमा सट्टाबाजि गर्ने ४ जना सहित ४ लाख रुपैया बरामद गरेको छ।

प्रहरीले विशेष सूचनाको आधारमा वीरगंज भिस्वाको संजय श्रिवास्तवको माथिल्लो घरमा oNLINE मार्फत mumbai vs lucknow टिमको सट्टबाजी गरेको अवस्थामा ३ लाख ९० हजार५०० सय र भारतीय रुपैया १५ हजार७सय ५० हजार सहित ४ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

उनीहरुले लाईभ हेर्नेको लगाएको ३२ inch led tv , ल्यापटप र मोबाईलहरु बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बारा कलैयाका सरोज साह,सर्लाही रामनगरका संतोष कुमार यादव , वीरगंज २४ का धुरेन्द्र यादव र भारतीय उतर प्रदेश प्रान्तका धर्मनाथ प्रसाद जैसवाललाई पक्राउ गरि online सट्टाबाजी कसूर मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित