महेश सिंह / सिरहा लहान ,१२ जेष्ठ- मणि राम गेवाली नेतृत्वको समर्थक द्वारा उदयपुरको गाईघाट तनावग्रस्त भएको छ। लघुबित विरुद्धको संघर्ष समितिका महिलाहरु आन्दोलन गरिएका छन्।जिबन बिकास लघुबितीय संस्थामा तालाबन्दी गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ्।
झडपमा आन्दोलनकारी दुई जना गाईतेका भएका शस्त्र प्रहरी एक जना घाइते भएका थिए।झडपको विषयलाई लिएर आन्दोलनकारी द्वारा जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।विभिन्न ५ सुत्रीय माग राख्दै प्रहरी कार्यालय घेराउ गरेका थिए।
उदयपुर जिल्लाका अध्यक्ष बिना मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका र प्रदेश १ को सम्पुर्ण जिल्लाका लघुबित पीडित महिलाहरुको उल्लेखनीय उपस्थित रहेको थियोे।आन्दोलनकारी महिलाहरू ले तलाबन्दी गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए।
जिल्ला,जिल्लाबाट लघुबित संस्थाले बिस्थापित भइरहेका छन्।पीडित महिलाहरूले सकृय हुँदा लघुबित कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन्।समितिका केन्द्रिय उपाध्यक्ष ससिला थापा जिल्ला अध्यक्ष बिना मगर झापाले जनाए।उल्लेखनीय उपस्थिति रहेको बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

