उमेश बि.क / नवलपरासी , १२ जेठ
पश्चिम नवलपरासीको स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन थालेका छन् ।
स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ ।

यसैका लागि सरावल गाउँपालिका बजेट निर्माण अघि रायसुझाव संकलन गर्न सुरुवात गरेको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।
बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उनको भनाइ छ ।
यही जेठ २५ गतेभित्र पालिकामा वा अनलाइन मार्फत रायसुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।
पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ फरक बनाउन रायसुझाव माग गरिएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी बताए ।
‘पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, कृषि ,शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ’, उनले भने, ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’
जिल्लाका सातवटै पालिका यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्व तयारीमा जुटेका छन् । उनीहरूले स्थानीयसित रायसुझाव माग गरेका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

