Rashtriya Dainik

सुस्तामा नेपाली सेनाको गोरखदल गण

अारपि उपाध्याय / नवलपरासी ,११ जेठ

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा न.५ अन्तर्गतको एक विद्यालयलाई नेपाली सेनाको गोरखदल गणले एक कार्यक्रमका बिच कुर्सी प्रदान गरेको छ।

सुस्ता स्थित जनता दलित आधारभुत विद्यालय सुस्तालाई श्री गोरखदल गणले १० को सङ्ख्यामा कुर्सी प्रदान गरेको विद्यालयका प्रधानाध्यापक उदय बहादुर रुचालले जानकारी दिनुभयो।


सो अवसरमा नेपाली सेनाको २२ न° बाहिनी अड्डाका बाहिनी पति ललित बहादुर कुवरले जिल्लाको विकट स्थानको रुपमा रहेको सुस्तामा सञ्चालित विद्यालयलाई कुर्सी प्रदान गर्दै बाहिनी पति कुवरले विद्यालयले माग गरेको पुस्तक सहितको पुस्तकालय र विद्यालय हाता भित्रको प्रवेशद्वार निर्माण गर्नका लागि नवलपरासी स्थित नेपाली सेनाको श्री गोरखदल मार्फत आवश्यक सहयोग गर्ने पनि आश्वासन दिनुभयो।

नेपाली सेनाको गोरखदल गणको १४४ औं वार्षिकोत्सबमा विद्यालयलाई कुर्सी प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक, शिक्षक र ठूलो सङ्ख्यामा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित