सुरेश यादव / नवलपरासी,११ जेठ
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ पुर्व पश्चिम राजमार्ग स्थित साेमनाथ निर्माणाधीन अवस्थामा रहेकाे साेमनाथ खाेलाकाे पुल नजिककाे डाईभर्सन आज दिउँसाे बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएकाे छ ।
आज विहान ११ बजेकाे समयमा परेको अविरल वर्षाको कारणले खोलामा दिउँसो २ बजेतिर पानीको बहाव बढी डाईभर्सन बगाई बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरिक्षक बलबहादुर घर्ति मगरको कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी,भुमहीबाट ५ जनाको टोली खटि गै सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाईएकाे सुचना अधिकारी पाण्डेले बताउनुभयो ।
बाटो मर्मतकाे लागी प्रयास भईरहेको र उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवलचोक – परासी – भुमहीचोक हुदै आवत जावतको ब्यवस्था मिलाईएको साथै पानी बहाव कम नभए सम्म राजमार्ग सञ्चालनमा आउन नसक्ने उहाँले जानकारी दिनुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

